झापा गोल्डकप फुटबलको च्याम्पियन ट्रफी र खेल टोलीहरू सार्वजनिक


१० फाल्गुन २०८०, बिहीबार ०७:४५ मा प्रकाशित

झापा । यही फागुन १९ गतेबाट शुरु हुने झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको छैटौं सँस्करणमा सहभागी हुने खेल टोलीहरूको नाम सार्वजनिक गरिएको छ ।

खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार साँझ आयोजित एक कार्यक्रमकाबीच खेल टोलीहरू सार्वजनिक गरिएको हो ।

सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको हो ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनकासहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्डकप खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here