बिर्तामोडमा खेलकुद महोत्सव आयोजना हुने


२५ माघ २०८०, बिहीबार १३:१८ मा प्रकाशित

बिर्तामोड । बिर्तामोडमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फागुनमा महोत्सव आयोजना गर्न लागिएको हो । 

खेलकुद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकुद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकुदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिनु भयो । 

प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमात्रै सहभागी हुन पाउने नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिनुभयो । कक्षा ८ देखि १२सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । 

महोत्सवमा शिक्षक, अभिभावक र कर्मचारीहरुका बीच केहि मैत्रीपूर्ण खेलहरु खेलाइने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य तथा महोत्सवका सह-संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो ।

प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसंग छलफल र तयारी भइरहेको आयोजकले जनाएको छ । महोत्सवलाई अझै व्यवस्थित बनाउन विद्यालय तथा केहि निजी क्षेत्रको पनि सहयोग रहने जनाइएको छ । 

 महोत्सव अन्तर्गतकै प्रश्न उत्तर कार्यक्रम भने सबै विद्यालयमा पुगेर यहि महिनाको अन्तिमदेखि सुरु गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here