मानसिक रोग नेपालमा चुनौति बन्दैछः मन्त्री बस्नेत


२५ माघ २०८०, बिहीबार १३:१६ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताउनु भयो । उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । मन्त्री बस्नेतले मानसिक रोगी किन बढीरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here