काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।
बिहीवार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसै वर्षबाट सरकारले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको हो ।
उहाँले दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य शर्त मानेर मन्त्रालय अघि बढेको बताउनु भयो । उहाँले यसै आ.व.मा ब्याण्डिविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो ।
उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुनेगरी हाइ क्यापासिटी माइक्रोवेब रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको बताउनु भयो । उहाँले सबै स्थानमा टेलिफोनको पहुँच पुर्याउन हाल पाइलटिङको रुपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच बिस्तारको लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमूना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न इकाइ स्थापनासमेत भइसकेको बताउनु भयो ।
उहाँले सूचना प्रविधि सम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै स्थानमा टेलिफोनको पहुँच पु¥याउन हाल पाइलटिङको रुपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच बिस्तारको लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमूना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न इकाइ स्थापनासमेत भइसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुनेगरी हाइ क्यापासिटी माइक्रोवेब रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ । यसै आ.व.मा ब्याण्डिविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको छ । माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्ष शुरु गर्ने तयारी भइरहेको छ । सूचना प्रविधि सम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव छैन । दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य शर्त मानेर मन्त्रालय अघि बढेको छ ।’
मन्त्री शर्माले दूरसञ्चार सेवा अत्यन्त विकट र दुर्गम क्षेत्रमा बिस्तार गर्ने कार्यक्रम अन्तर्गत दार्चुलाको छाङरु, जुम्लाको आचार्य वडा, रुकुमपूर्वको सिस्ने, मुस्ताङको खिंगा, हुम्लाको धाराकोडी ओख्रेनी, वागलुङको आनी र जैधी पाखाकोट लगायतका स्थानमा दूरसञ्चार सेवा बिस्तार गरिएको बताउनु भयो ।