घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्यो ?


२ माघ २०८०, मंगलवार ०८:५८ मा प्रकाशित

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँले घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल–मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । घटाइएको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here