झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष याेजना सुभारम्भ गरेकाे छ ।
सामुदायिक बिद्यालयका कमजाेर विद्यार्थीका लागि टाेलटाेलमा क्लोज क्याम्प शुरू गरेकाे हाे । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् ।
वडाकाे नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेकाे छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प संचालनको तयारी गरेका छन् । क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेकाे छ ।
क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताउनु भयाे । अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा कमजाेर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर शिकाई उपलब्धि हासिल गर्ने याेजनाका साथ वडाले बजेट विनियाेजन गरेको वडाध्यक्ष वाग्लेको भनाइ छ ।
उहाँले याेजनाले ९ जनालाई अल्पकालीन राेजगारी सृजना गरिएको पनि जानकारी दिनुभयो । सामुदायिक बिद्यलयका धेरै विद्यार्थीका अभिभावक अर्थिक रूपमा कमजोर भएकाे र त्यस्ता विद्यार्थीका लागि जनप्रतिनिधिले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने वडाध्यक्ष वाग्लेको बुझाई छ ।