सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छः प्रथम राष्ट्रपति यादव


२१ पुष २०८०, शनिबार १८:१९ मा प्रकाशित

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले अहिलेको सरकारले र अहिलेको नेपाली काँग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउनु भयो । उहाँले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गर्नुभयो ।

उहाँले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउनु भयो । उहाँले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताउनु भयो ।

प्रथम राष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here