हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रकृति संरक्षण कोषका अधिकारीहरूलाई सभामुख घिमिरेको निर्देशन


२० मंसिर २०८०, बुधबार ०९:०४ मा प्रकाशित

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरुलाई हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभएको छ ।

कोषको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम, संरक्षण अधिकृत गोविन्द पोखरेलसहितका अधिकारीहरुलाई हात्ती नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको हो । बुधबार बिहान बिर्तामोडस्थित निवासमा बोलाएर उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले कोषलाई स्थानीय तह र सरोकारवाला अन्य निकायसँग पनि समन्वय गर्न निर्देशन दिनुभयो ।

कोषका अधिकारीहरुले संस्थाले गरेका प्रयास र उपलब्धीबारे जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here