अध्यादेशपछि राखेपको बोर्डमा रिक्तताः एशियन गेम्स र १० औं राष्ट्रिय खेलकुदको तयारी प्रभावित नहुने सदस्यसचिवको दाबी


२६ बैशाख २०८३, शनिबार १२:०३ मा प्रकाशित


काठमाडौं ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३ जारी गरेपछि अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्त खारेज भएसँगै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पदेनहरूको बाहुल्यता छ ।

३७ सदस्य रहेको बोर्डमा १५ सदस्य बाँकी छन् । जसमा अधिकांश पदेन नै छन् । खेलकुदको योजना, बजेट निर्धारण, कार्यतालिका र विकास विस्तारका लागि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले राखेपको सात सदस्यीय कार्यकारी समितिलाई जिम्मेवारी दिएको थियो । तर अध्यादेश जारी भएसँगै चार जनाको पद गइसकेको छ भने अब त्यहाँ कर्मचारी मात्र सीमित छन् । 


यससँगै नेपालले सहभागिता जनाउने आगामी एशियन गेम्सका लागि तयारी र नेपाली खेलकुदको महत्वपूर्ण घरेलु प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदको तयारीबारे के हुन्छ ? भन्ने चासो बढी रहेको छ । साथै मिसन–२०२६ को तयारीमा रहेकामध्ये ६ खेलले मात्र प्रशिक्षण गर्न पाएका छन् ।

पछिल्लो दुई वर्षदेखि तयारी गरिरहेको बाँकी खेलेको तयारी पनि सुचारु गर्न कहिले हुनेछ र नेपाली खेलकुदमा देखिएका पछिल्ला समस्याको समाधानमा कार्यकारी निकायले के गरिरहेको भन्नेबारे राष्ट्रिय खेलकुदका सदस्यसचिव रामचरित मेहतासँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी प्रश्तुत छ ।

जवाफः खेलकुद विकास ऐनले परिकल्पना गरेको बोर्डमा उपाध्यक्षसहित अधिकांश सदस्यको पद खारेज भएको छ । अहिलेको अवस्थामा जति कायम र उपलब्ध हुनुहुन्छ त्यसमा रहेर नै दैनिक काम गर्नेछौँ । मन्त्रीज्युको अध्यक्षतामा रहने बोर्ड छ । पदेन भए पनि त्यसबाट अगाडि बढ्नेछौं ।

साथै अब कसरी जाने भन्ने विषयमा पनि सम्बन्धित निकायमा परामर्श गरिरहेका छौँ । बजेटको सिफारिस यसअघि नै कार्यकारी समितिले पेश गरिसकेको थियो । त्यसले गर्दा एशियन गेम्सको तयारीमा प्रभावित हुँदैन । कानूनमा पनि कायम रहेको सदस्यबाट काम गर्न सक्ने व्यवस्था छ । अर्को कानुन नआएसम्म यसैबाट अगाडि बढ्नुको विकल्प छैन । त्यो सरकारको निर्णयमा हुने कुरा न हो । 

जवाफः सरकारले दुई वर्षदेखि एशियन गेम्सका लागि मिसन २०२६ को तयारी गरिरहेको छ । बिचमा बजेट अभावका कारण एक महिना जति रोकेका हौं । त्यसमा पनि ६ वटा खेलको प्रशिक्षण शुरु गरेका छौँ । बाँकी खेलको पनि अब छिटै शुरु हुनेछ । अहिले नै एशियन गेम्सका कति वटा सहभागी गराउने भन्ने निश्चित छैन । कतिपय खेलले छनोट चरण पार गर्नुपर्ने हुन्छ । त्यो सबै आइसकेपछि खेल संख्या निर्धारण गर्नेछ । पारा खेलकुदको पनि तयारी छिटै गर्नेछौँ । क्वालिफाइङ खेल्दा नै सकिने भएकाले अहिले खेलसंख्या निर्धारण गर्नसक्ने अवस्था छैन ।  


१÷२ वटा खेल तलमाथि होला तर १५ खेलको आसापासमा एशियन गेम्समा सहभागिता रहनेछ । २० खेलभन्दा तल रहेर सहभागिता गराउनेछौँ । त्योभन्दा अगाडि समग्रमा हाम्रो तयारी राम्रो भएको छ । देश विदेश पनि खेलाडीले अभ्यास गरिरहेका छन् । खेल संघ र महासंघले पनि आफ्नो तर्पmबाट लगानी गरिरहेको छ । त्यसैले राम्रो भइरहेको छ ।
प्रश्नः यसअघिको सरकार या रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here