१५ जना अवैतनिक दुतहरु पदमुक्त


२५ बैशाख २०८३, शुक्रबार १५:०९ मा प्रकाशित

काठमाडौं । सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 


शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विभिन्न देशमा रहेका अवैतनिक दुतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकमा अनिवार्य रुपमा उपस्थित हुनका लागि सांसदहरुलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनु भयो । 

त्यसै गरी मन्त्रीपरिषद् बैठकले अन्तराष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धि २०१४ र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धि महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here