विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री पराण्डे अर्जुनधारा जलेश्वर धाममा


२० मंसिर २०८०, बुधबार ०८:१२ मा प्रकाशित

झापा । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलन पराण्डे झापाको अर्जुनधारा जलेश्वर धाममा आउनुभएको छ ।

उहाँ मंगलबार धाममा आउनुभएको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

धामको ४१ औं बार्षिक अनुष्ठान अन्तर्गत अहिले श्रीमद् देवी भागवत महापुराणको आयोजना भइरहेको छ ।

गत मंसिर १७ गतेदेखि अनुष्ठानको सुभारम्भ भएको हो । गत मंसिर १९ गतेदेखि बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग समितिद्वारा योग शिविरको पनि आयोजना भइरहेको छ।

आयुर्वेदका वरिष्ठ ज्ञाता आचार्य बालकृष्ण पनि मंसिर २४ गते अर्जुनधारा धाममा आउनु हुनेछ । धामको अनुष्ठान मंसिर २५ गते समापन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here