शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको होः अध्यक्ष राउत


१७ कार्तिक २०८०, शुक्रबार १३:५७ मा प्रकाशित

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताउनु भयो ।

उहाँले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताउनु भयो । उहाँले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ । हिजो पनि संसदमा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ । तिनीहरुको सेरोफेरोमा देश घुम्दै आएको छ । जनताले के चाहेको हो ? गास, बास र कपास । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा । जनताले चाहेको कुरालाई नै सम्बोधन गर्न जनताकै मत अनुरुप चल्ने पार्टी जनमत पार्टी हो । त्यसैले जनमत पार्टी नाम राखेका हौँ । जनमत पार्टी पहिलो प्रयासमै निर्वाचनमा भाग लिएपछि पहिलो पार्टी बन्न सफल भयो । आगामी दिनमा जनमत पार्टी यो देशकै भविष्य हो । वैकल्पिक धारको रुपमा स्थापित छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here