लालबन्दीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


१७ कार्तिक २०८०, शुक्रबार १३:४४ मा प्रकाशित

काठमाडौ । लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्वरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश –२–०३–००४ प ३५५ नम्वरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगपालिका–११, का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार हरिवन ११ कै ३५ वर्षीय सुनिलकुमार गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिवास पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई राखिएको छ । ट्रकका चालक प्रहरी नियन्त्रणमै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here