ओमान विश्वकपमा छनोट


१७ कार्तिक २०८०, शुक्रबार १४:१३ मा प्रकाशित

काठमाडौ । ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा गर्यो । ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए । ओमानले फाइनल नेपाल र यूएईबीच अहिले भइरहेको खेलको विजेतासँग खेल्नेछ ।

फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट हुने छन् । यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए । ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए ।

साथै फयाज बट र जीसान मक्सुदले एक(एक विकेट लिए । जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here