आफ्नो आलोचना गर्न नसकेपछि बिरोध भइरहेको नेकपा एमाले अध्यक्ष ओलीको भनाइ


१७ कार्तिक २०८०, शुक्रबार १०:२१ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि बिरोध भइरहेको बताउनुभएको छ ।

बिहीवार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि बिरोध गरिहेको बताउनु भयो ।

उहाँले नेपालको भूमि समेटेर नक्शा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरुले आवेगमा कम्बोडियामा ३ हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको बताउनु भयो ।

उहाँले उक्त सञ्चारमाध्यमहरुले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले बिरोधका लागि प्रचार गरिएको बताउनु भयो । अध्यक्ष ओलीले कुनैपनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गाप्य नरहने भन्दै उहाँले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने बताउनु भयो । उहाँले आफूले देश र जनताकाप्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो अहिलेसम्म आलोचना भएको मैले सुनेको छैन । बिरोध मैले सुनेको छु । आलोचना गर्ने ठाउँ नपाएपछि मानिसले बिरोध गर्छ । यो कुरा गलत बोल्यो भन्ने, विचार यो, व्यवहार यो गलत गरेको छ भन्ने ठाउँ छैन । त्यो नभएपछि झुटा आरोप लगाउँछ । आरोप भनेको आलोचना होइन । आलोचना भनेको यो गलत भयो, यहाँ गल्ती भयो भन्ने हो । यो अहिलेदेखि होइन, पहिल्यैबाट हो । पशुलाई नथुन्ने गरी मलाई थुनियो । अहिलेसम्म पनि झुट बोलिरहेका छन् । मैले नेपालको भूमि समेटेर नक्शा छापेपछि केही विदेशी मिडियाहरुले अत्यन्त उत्तेजित भए, मेरा बिरुद्ध लेखे, जथाभावी लेखे, कुनै मर्यादाको सीमा रहेन । त्यो आलोचना होइन, बिरोध हो । पछि यो गल्ती भयो भने । अहिले फेरि त्यही कुरा ४ वर्षअघि गल्ती भयो, आवेशमा बोलियो भनेर स्वीकारीसके । अहिले त्यही कुरा एकथरीले लिएर हिँडेका छन्, कम्बोडियामा लगानी भनेर । मलार्ई थाहा छैन, ट्रकमा पठाएँ की जेटमा पठाएँ की । त्यो तीन हजार करोड पत्ता लगाउ, तिमीलाई नै दिउँला र बक्सिस स्वरुप १ हजार दन्छु भनेको थिएँ । त्यत्रो लगानी छ भने गोप्य रहँदैन होला । मैले देश र जनताकाप्रति जुन निष्ठाका साथ काम गरेको छु, त्यो जिन्दगीभर छोड्दिन ।’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here