मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने रास्वपा सभापति लामिछानेको भनाइ


१५ कार्तिक २०८०, बुधबार १७:५६ मा प्रकाशित

काठमाडौ । रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताउनुभएको छ ।

बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताउनुभएको हो ।

उहाले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताउनुभयो । उहाले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई बिचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here