संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडित केन्द्रित भएर टुंग्याउनु पर्छः ओली


१५ कार्तिक २०८०, बुधबार २०:१४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडित केन्द्रित भएर टुंग्याउनु पर्ने बताउनुभएको छ ।

बुधबार पार्टी कार्यलय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा ओलीले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो राम्रै सँग सहमतिका साथ टुङ्याउनुपर्छ । पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ, । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । त्यो त हाम्रो छ दै छ नि । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here