पर्वतीय पर्यटनको विकास र प्रवर्धनका लागि थप काम गर्न सरकारसँग राष्ट्रपति पौडेलको आग्रह


१५ कार्तिक २०८०, बुधबार १४:१२ मा प्रकाशित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले आरोहणका लागि नखुलाइएका हिमालहरु खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिनुभयो । उहाँले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्युनिकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको सांस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here