विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दै


३० आश्विन २०८०, मंगलवार ०८:३४ मा प्रकाशित

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघि काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह ‘एच’मा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here