मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु


५ जेष्ठ २०८३, मंगलवार ११:१६ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०८३ वैशाख ३१ गते दिउँसो करिब ३ः३० बजे क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदलयात्री कमल गाउँपालिका–२ निवासी ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुलाललाई प्रारम्भिक उपचारका लागि कमल नगर अस्पताल क्याम्पा लगिएको थियो।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएकोमा उपचारकै क्रममा मिति २०८३ जेठ ४ गते राति करिब ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका–४ निवासी २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here