गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्दै प्रधानमन्त्री दाहाल


३० आश्विन २०८०, मंगलवार ०७:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्नुहुने भएको छ । बिहान ८ बजेबाट उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

“हिजो साँझको खराब मौसमका कारण धनगढीवाट काठमाडौं आउने प्लेन उड्न नसकेकाले प्रधानमन्त्री आज बिहान धनगढीबाट काठमाडौं आएपछि उक्त कार्यक्रम सुरु हुनेछ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ । 

नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लाग्नुभएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here