सरकारको बारेमा कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको एमाले अध्यक्ष ओलीको भनाइ


३० आश्विन २०८०, मंगलवार १२:५६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताउनुभएको छ ।

सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार कहिल्यै पनि स्थायी नहुने बताउनु भयो ।

उहाँले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताउनु भयो । उहाँले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु । अहिलेको सरकारले पनि तपाईहरुको कुरा सुन्नुपर्छ । सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन । सरकारको बारेमा मलाई अहिले कमेण्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here