हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न


९ आश्विन २०८०, मंगलवार १८:०९ मा प्रकाशित

अर्जुनधारा । हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले १२ औँ साधारणसभा सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरपालिका १  स्थित मदनपुरमा रहेको उक्त संस्था ११ औँ बर्ष पार गरेर १२औँ वर्षमा प्रवेश गरेको हो ।

कार्यक्रमको उद्घाटनसत्रमा संस्थाकी कार्यवाहक अध्यक्ष राधिका जवेगुले वार्षिक प्रतिवेदन पेश गर्दै ६ करोड ४५ लाख ५६ हजार ९ सय ९२ रुपैँया ७७ पैसाको वासलात सार्वजनिक गर्नुभएको छ ।

आ.व ७८/७९ मा ५ करोड ५० लाख ४६ हजार ५ सय ७४ रुपैयाँ ७१ पैसा रहेको संस्थाको पुजी तथा दायीत्व यस बर्ष बढेर ६ करोड ४५ लाख ५६ हजार ९ सय ९२ रुपैँया ७७ पैसा पुगेको कार्यवाहक अध्यक्ष जवेगुले बताउनुभयो ।

सहकारी संस्था महिलाहरुलाई स्वालम्बी र आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको र आउँदा दिनमा पनि महिलाहरुको हकहीतमा सधैँ अघि बडिरहने समेत उहाँले बताउनुभयो ।

वार्षिक साधारणसभाको उपलक्षमा उत्कृष्ट किषानहरु सम्मानीत भएका छन् । उत्कृष्ट दुध उत्पादक उद्यमी निर्मलादेवी कार्की फुँयाल, उत्कृष्ट बाख्रा पालक उद्यमी तारादेवी तिवारी र उत्कृष्ट तरकारी खेती उद्यमी तुलसादेवि ढकाललाई प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नगदसहित सम्मानपत्र र कृषी औजारहरु वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले समाजवादको पहिचानलाई जोगाउन सहकारीको ठुलो भुमिका रहने बताउनुभएको छ । महिला सशक्तिकरण र सामाजिक आर्थिक रुपान्तरणका साथै क्षमता विकासका लागि सहकारीले धेरै सहयोग पुर्याएको उहाँले बताउनुभयो ।

सहकारी क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्न र किसानहरुका हकहीतका पक्षमा आफ्नो तर्फबाट सहयोग भइरहने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारीका सेयर सदस्यहरुसहित संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव तामाङ, उपप्रमुख, पशुशाखा प्रमुख लगायत बिभिन्न संघसस्थाहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here