आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा काठमाडौंमा प्रदर्शन


९ आश्विन २०८०, मंगलवार १४:३५ मा प्रकाशित

काठमाडौं । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगायत प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए ।

त्यस्तै उनीहरुले अव सरकारले आफूहरु उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगायतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here