कलाकारहरूको टोलीसहित देश दौडाहामा वेस्टर्न युनियन


९ आश्विन २०८०, मंगलवार १९:०९ मा प्रकाशित

झापा । दसैं-तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ ।

मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपरान्ह दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपालमा ख्याती कमाएका कलाकार तथा स्थानीय कलाकारहरूलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी (डिट्ठासाब)ले जानकारी दिए ।

बुधबार असोज १० गते इटहरी र धरानमा कार्यक्रम आयोजना गरिने कलाकार डिट्ठासाबले बताए । कार्यक्रममा जनचेतनामूलक प्रस्तुतीहरू रहने उनको भनाइ छ ।

त्यसपछि कलाकार तथा आयोजकको टोली राजविराज जानेछ । राजविराजपछि गोलबजार, त्यसपछि महेन्द्रनगरहुँदै जनकपुर, जलेश्वर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा, नारायणघाट, कावासोती, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, कोहलपुर, पाल्पा, स्याङजा, पोखरा र अन्तमा धादिङमा कार्यक्रमहरू हुनेछन् ।

देश दौडाहामा रहने ख्यातीप्राप्त कलाकारहरूमा डिट्ठासाबसहित रेश्मा तिमल्सिना र राजेन्द्र गिरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here