काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन् ।
मंगलबार साढे १२ बजेको उडानमा उनी चीन गएका हुन् ।
उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए । क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन् ।
एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो ।