प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएको होः मुख्यमन्त्री कार्की


३ आश्विन २०८०, बुधबार १४:४१ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा बुधबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएकोसमेत बताउनुभयो ।

आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । कोशी प्रदेशका राजनीतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here