एसिया कप क्रिकेट : चिरपरिचित प्रतिद्वन्द्वी भारत-पाकिस्तान प्रतिस्पर्धा गर्दै


२४ भाद्र २०८०, आईतवार १२:५८ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

समूह चरण ए मा परेका यी दुवै टिम बीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।

सुपर फोर अन्र्तगतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ । 

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो ।

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here