बजेट शून्यतालाई अन्त्य गर्न कोशी सरकारद्वारा अध्यादेश जारी


२४ भाद्र २०८०, आईतवार ११:५० मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको हो ।

कोशी प्रदेशमा बजेटविहीनता अन्त्य गर्दै कोशी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० गरी दुई वटा अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेका हुन् ।

पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो । गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here