नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै


१५ भाद्र २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here