कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा


१५ भाद्र २०८०, शुक्रबार ११:३७ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलास उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिएको थियो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा गत भदौ ६ गते रिट दर्ता गराएका थिए ।

सभामुखले राजीनामा दिई मुख्यमन्त्रीलाई मतदान गरेको र उपसभामुख विदामा रहेको समयमा जेष्ठ सदस्यलाई प्रदेशसभाको सभाध्यक्ष बनाइएको थियो । तर विश्वासको मत लिने क्रममा बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गर्ने जेष्ठ सदस्यले पनि मतदान गरेका थिए ।

उक्त मतदान संविधान विपरीत रहेको भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका हिक्मतबहादुर थापाले उक्त सरकार गठन उत्प्रेषणको आदेशबाट बदर गरी ठूलो दलको हैसियतमा आफू नेतृत्वको सरकार गठनका लागि परमादेश दिन माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here