कोशी सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


१५ भाद्र २०८०, शुक्रबार ०७:५२ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदैछ ।

कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूणर् सुनुवाइका लागि पेसी तोकिएको हो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उहाँले प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गर्नुभएको छ ।

मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here