नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज हुँदै


५ भाद्र २०८०, मंगलवार ०८:१३ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज हुँदै छ ।

हिजो सोमबार प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लाग्नु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ः४५ बजे नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here