राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै राष्ट्रपति पौडेल


५ भाद्र २०८०, मंगलवार ०८:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ ।

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ । समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले उक्त बैठक बोलाउनु भएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक डाक्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here