आज मन्त्रिपरिषद् हेरफेर हुँदै, जनमत पार्टी अनितादेवी शाह सरकारमा सहभागी हुँदै


२८ श्रावण २०८०, आईतवार १०:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई आजै सरकारमा सहभागी गराउन लाग्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिएको हो । जनमत पार्टीले यसअघि नै साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

यद्यपि उहाँलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक जना मन्त्रीलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here