सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका ४५ भन्दा बढी ठेकेदार पक्राउ


२८ श्रावण २०८०, आईतवार ११:३८ मा प्रकाशित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुरस्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए ।

नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । 

आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here