काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका सांसद डा. सुनील शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
मेडिकल कलेज सञ्चालकसमेत रहेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराए पनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।






