मुख्यमन्त्री थापाद्वारा पहिचान पक्षधरको जायज माग पूरा गर्ने प्रतिबद्धता


२६ श्रावण २०८०, शुक्रबार १२:४१ मा प्रकाशित

विराटनगर, । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज माग पा गर्ने प्रतिबद्धता जनाएका छन् ।विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो ।

प्रदेशको नाममा प्रदेशवासीको अपनत्व र स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन ।

नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य हो,’ ‘प्रदेश सरकार यस विषयमा दृढ र प्रस्ट रहेको छ ।

प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरू लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्दछौँ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here