इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पनि पक्राउ, पक्राउ पर्ने चिकित्सकको संख्या ६ पुग्यो


२६ श्रावण २०८०, शुक्रबार ०७:४७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पनि पक्राउ परेकी छिन्।

ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्। 

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो। 

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।

बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन्। 

बिहीबार नै बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादव पक्राउ परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here