नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ


२५ श्रावण २०८०, बिहीबार २०:१६ मा प्रकाशित

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । 

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए । 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।

सोही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here