कांग्रेस सांसद शर्मालाई सीआईबीको कार्यालय लैनचौर पुर्‍याइयो


२५ श्रावण २०८०, बिहीबार १७:१० मा प्रकाशित

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरी सीआईबीको कार्यालय लैनचौर पुर्‍याइएको छ ।

सांसद शर्मालाई सीआईबीले आज अपरान्ह उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो ।

शर्मालाई के कति कारणले पक्राउ गरियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन । शर्माले एक क्विन्टल सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

सुन काण्डका दोषीलाई कारवाही नगरिए संसद भवनमै आमरण अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here