नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ


२५ श्रावण २०८०, बिहीबार १६:५३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुिनल शर्मा पक्राउ परेका छन् ।

बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका थिए ।

सांसद शर्मालाई के विषयमा पक्राउ गरेको भन्नेमा प्रहरीले खुलाएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा सांसद शर्माले सरकारको विरोध गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here