मौसमः आज देशका अधिकांश स्थानमा भारी बर्षाको संभावना


८ श्रावण २०८०, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं । देशका केही ठाउँमा रातभर मुसलधारे वर्षा भएको छ ।

मनसुन देशैभर एकसाथ सक्रिय नभएपनि खण्ड खण्ड रुपमा विभिन्न ठाउँमा मुसलधारे वर्षा भएको हो । पूर्वदेखि पश्चिमसम्मकै विभिन्न ठाउँमा खण्डवृष्टि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सबैभन्दा धेरै इलामको बारफल्याङमा तीन घण्टामै ८२ मिलिमिटर वर्षा भएको छ । वरपरका खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने भन्दै बाढी सूचना केन्द्रले चेतावनी जारी गरेको छ ।

यस्तै झापा, सुनसरी, दोलखा,पाल्पा, दाङ, अछाम र डडेल्धुरामा पनि पछिल्लो ३ घण्टामा ठूलो पानी परेको विभागले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here