चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौंमा


७ श्रावण २०८०, आईतवार १५:०७ मा प्रकाशित

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौं आइपुगेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतले स्वागत गरेका थिए ।

नेपालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने युआन च्या च्युन सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा उहाले बिभिन्न दलका नेताहरुसंग पनि भेटवर्ता गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here