सर्पदंशबाट झापामा सात वर्षीया बालिकाको मृत्यु


२३ असार २०७६, सोमबार १४:०८ मा प्रकाशित

झापा । सर्पको टोकाइबाट झापामा एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झापा गाउँपालिका-६ की सात वर्षीया निरुता गोसाइको सोमबार मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा बिहान २ बजे गोमन सर्पले उनलाई टोकेको थियो । थाहा पाउनासाथ उपचारको लागि सर्पदंश उपचार केन्द्र कन्काई नगरपालिका-४ कोटी होम लगिएकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here