सिरिन्ज आक्रमणको आशंकामा एक जना पक्राउ


२३ असार २०७६, सोमबार १४:३५ मा प्रकाशित

काठमाडौं । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ ।

बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए ।

काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् । सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here