कनकाई नगरपालिका १ का पूर्व वडाध्यक्ष पोखरेलको निधन


७ श्रावण २०८०, आईतवार ११:२७ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ ।

पोखरेलको आज बिहान निधन भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन् ।

उहाँ लामो समय मुखको क्यान्सर रोगका कारण पीडित हुनुहुन्थ्यो ।

नेपाल तथा भारतका विभिन्न अस्पतालमा उहाँको उपचार भएको थियो । भारतमा उहाँको मुखको शल्यक्रिया पनि गरिएको थियो ।

पोखरेलको पार्थीव शरीरलाई आजै अपरान्ह कनकाई घाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

पोखरेलको निधनको शोकमा कनकाई नगरपालिकाले आज शोक विदा घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here