सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने सर्वोच्च अदालतको फैसला


५ श्रावण २०८०, शुक्रबार १७:४४ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको इजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो ।

इजलासले उहाँलाई अनुसन्धान सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरि तारिखमा राखि मुद्धाको अनुसन्धान गर्न पनि परमादेश जारी गरेको छ ।

यस्तै इजलासले ललिता निवासका प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह, भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ र धर्म प्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने खारेज गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै उनीहरु थुनामुक्त नहुने भएका छन् । यस्तै ललिता निवास प्रकरणमा संलग्न १७ जनाको हकमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पनि सर्वोच्चले खारेज गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here