लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन


५ श्रावण २०८०, शुक्रबार १५:४६ मा प्रकाशित

काठमाडौं । लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले सामुहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरीब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् ।

आफूहरुको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली एक सातादेखि अनसन बस्दै आउनुभएको छ ।

प्रदर्शनमा सहभागी हुनुभएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रीक नीति नबनेसम्म लघुवित्तीय क्षेत्रमा देखिएका समस्या समाधान नहुने र मुलुकको पनि रुपान्तरण हुन नसक्ने बताउनुभयो ।

उहाँले लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध एकजुट भएर लघुवित्तका दलालहरुलाई कानूनी कठघरामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here