प्रादेशिक कवि सम्मेलन बिर्तामोडमा सम्पन्न


१९ असार २०८०, मंगलवार १४:३६ मा प्रकाशित

निराजन निरौला, बिर्तामोड । कला प्रतिभाको सम्मान, राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ प्रादेशिक कवि सम्मेलन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका अग्रज साथै समकालीन कवि, कवियत्री र साहित्यकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२०७७ सालमा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठानले छोटो समयमा धेरै चर्चा कमाइसकेको छ भने कोशी प्रदेशका बिभिन्न स्थानमा साहित्यिक कार्यक्रमहरु गरीसकेको छ ।

प्रतिष्ठानले कम्तिमा पनि एक र एक बर्षको अन्तरालमा यी र यस्ता प्रकृतिका कार्यक्रमहरु निरन्तर गर्दै जाने र सम्भव भएसम्म बर्षमा दुइ पटक यस्ता कार्यक्रम गर्ने प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलले बताउनुभयो ।

प्रदेश एकका मात्र नभएर छिमेकी मित्रराष्ट्र भारतका समेत प्रतिष्ठित साहित्यकारहरुको उपस्थिती, धैर्यता र मायाले कार्यक्रमलाइ थप शोभायमान बनाएको उहाँले बताउनुभयो ।

बिभिन्न शिक्षण संस्था र विश्वविद्यालयमा अध्यापन गराइसक्नु भएका प्राध्यापक डाक्टर तथा भाषाविद् टङ्क न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न जातजाती, भाषीक समुदाय मात्रै होइन आसामेली नृत्यहरुको प्रस्तुतीले कार्यक्रमलाइ थप आकर्षीत गराएको थियो ।

देवी पन्चकन्या नौमती बाजा समूहको नौमती बाजाका साथै मित्रराष्ट्र भारतबाट आउनु भएका कवि तथा कवीयत्रीहरु लगायत प्रदेश एकका विभिन्न भुभागबाट आउनु भएका साहित्यकारहरुले बिभिन्न छन्द र रसका कविताहरुको जोड्दार प्रस्तुती रहेको थियो ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले आर्थिक सहयोग गरेको कार्यक्रम बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here